टेष्ट बरियताकाे शीर्ष स्थानमा विराट कोहली, १० भित्र पर्न सफल को-को ?

डिसी नेपाल
८ भदौ २०७५ ५:३१

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पुनः टेष्ट बरियतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा कोहली ९३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन्। कोहलीले अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथलाई फेरि पछि पारेका हुन्।

इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेपछि कोहली शीर्ष स्थानमा फर्किएका हुन्। नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन्।

अरुको स्थान कस्तो ? – – विराट कोहली, भारत -स्टिभ स्मिथ, अस्ट्रेलिया -केन विलियम्सन, न्युजिल्याण्ड -डेविड वार्नर, अस्ट्रेलिया -जो रुट, इंग्ल्याण्ड -चेतेश्वर पुजारा, भारत -दिमुथ कारुनारात्ने, श्रीलंका -दिनेश चण्डिमाल, श्रीलंका -डिन एल्गर, दक्षिण अफ्रिका -एडीन मार्क्रम, दक्षिण अफ्रिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *