टीमलाई ७ म्याच जिताउने संसारकै पहिलो कप्तान बने विराट कोहली
एजेन्सी – कप्तान कोहली एक दिवसीयपछि टेस्ट क्रिकेट संसारकै उत्कृष्ट ठहरिएका छन् । कोहली आइसीसीको बरियतामा उनी टेस्टको शीर्षस्थानमा रहन सफल भएका हुन् ।
स्रो टेस्ट म्याचमा भारतीय टीमले इंग्ल्याण्डलाई पराजित गर्यो । यो सँगै इंग्ल्याण्डविरुद्धको टेस्टमा विशाल पारी खेलेपछि कोहलीको र्याङकिङमा सुधार आएको हो । यसअघि उनी दोस्रो स्थानमा थिए ।
पहिलो स्थानमा शीर्षस्थानमा अष्ट्रेलियाका कप्तान स्टीव स्मिथ थिए । कोहलीले ९३७ रेटिङ हासिल गर्दै शीर्षस्थानमा रहन सफल भएका हुन् । त्यस्तै कोहली टेस्टमा २०० रन बनाएर टीमलाई ७ म्याच जिताउने संसारकै पहिलो कप्तान बनेपछि उनलाई थप सफलता मिलेको हो ।
प्रतिक्रिया
Facebook Comment