बेरोजगारी समस्या हटाउन लागिपरेको छ सरकार : मन्त्री विष्ट

डिसी नेपाल
८ भदौ २०७५ १४:४०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको मुख्य चुनौती रोजगार भएको बताएका छन् । श्रम विभाग, कोइका र आइएलओको संयुक्त प्रयासमा आयोजना गरिएको रोजगार सूचना केन्द्र रोजगार पोर्टल र त्यसका एप्सको शुभारम्भ गर्दै मन्त्री विष्टले सरकारी कार्यालय र निजी क्षेत्रले रोजगारी प्रवद्र्धनमा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

मन्त्री विष्टले रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउनुपर्नेमा जोड दिए । वर्तमान सरकार मुलुकभित्रै रोजगार सिर्जना गरी बेरोजगारी समस्या हटाउन लागिपरेको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरे। मुलुकभित्रै गुणस्तरीय रोजगार सेवा उपलब्ध गराउने र रोजगार दाता तथा श्रमिकलाई रोजगारका सूचना उपलब्ध गराउनका लागि मोबाइल एप्सको निर्माण गरिएको मन्त्री विष्टको भनाई छ।

मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र विस्तार गर्ने सरकारको तयारी रहेको छ । स्थानीय तहमा खोलिने रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *