नेपालको लगातार तेस्रो जीत, श्रीलङ्का ५ विकेटले पराजित
काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित हात पारेको छ। आइतबार भएको खेलमा स्थानिय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटको जित निकालेको हो।
मलेसियामा अगष्ट २९ तारिख देखि सुरु हुने एसिया कप छनौटका लागि नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको हो।कोट्सले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्सले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो। यसअघि नेपालले स्थानिय आर्मी क्लब तथा ब्लुमफिल्ड क्लबमाथि जित हात पारेको थियो। नेपाली टोली भोली मलेसिया प्रस्थान गर्नेछ।
प्रतिक्रिया
Facebook Comment