ऊर्जामन्त्री पुनले चढ्न थाले विद्युतीय गाडी, जनतालाई यसो भने

डिसी नेपाल
१० भदौ २०७५ १४:०२

काठमाडौँ । सरकारले क्रमिक रुपमा सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने भएको छ।

शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको हो। सोही नीतिलाई अवलम्बन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आजदेखि विद्युतीय सवारी साधन प्रयोग गर्न थालेका छन।

ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै उहाँले जारी गरेको श्वेतपत्रमा विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरे। उनले जारी गरेको श्वेतपत्रको बुँदा नं ७२ मा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र विद्युतीय सवारी साधन प्रयोगलाई विशेष जोड दिइने उल्लेख छ।

निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको उपयोग वृद्धि र सोको उपयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा नीतिगत व्यवस्था तथा चार्जिङ स्टेशन लगायत पूर्वाधार निर्माणको कार्ययोजना तयार गरी क्रमशः लागू गरिने श्वेतपत्रमा भनिएको छ। विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आफूले उक्त निर्णय गरेको मन्त्री पुनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *