फेरि एक पटक चर्चाको शिखरमा प्रिया प्रकाश !

डिसी नेपाल
११ भदौ २०७५ १०:०४

एजेन्सी। आफ्नो एक इशाराले रातारात सामाजिक संजालमा चर्चित भएकी प्रिया प्रकाश अहिले आफ्नो नयाँ कामका कारण मानिसहरुको स्यावासी पाइरहेकी छन्। उनले बाढीग्रस्त राज्य केरलकालागि सहयोगको हात अगाडि बढाएकी छन्।

प्रिया प्रकाशले मुख्यमन्त्री आपत राहत कोषमा एक लाख रुपैयाँ उपलब्ध गराएकी छन्। प्रिया प्रकाशको एउटा फिल्म सामाजिक संजालमा निकै लोकप्रिय छ। उनी आफ्नो इन्स्टाग्राममार्फत एण्डोर्समेण्ट गर्दै राम्रो आम्दानी गर्छिन्। यो कमाइ उनका फ्यान फलोइङका कारण संभव भएको हो।
प्रियाभन्दा पहिला सभान्त सिंह राजपुत यही कारण चर्चामा थिए।

View image on TwitterView image on Twitter

Sushant Singh Rajput@itsSSR

As promised my friend, @subhamranjan66, what you wanted to do has been done. You made me do this, so be extremely proud of yourself. You delivered exactly when it was needed.
Lots and lots of love. FLY?
Cheers ???✊??❤️ ?☀️???❤️

सुशान्तले एक फ्यानको ट्विटमा उनकै नाममा केरलको सहयोगकालागि एक करोड रुपैयाँ दिएका थिए। शुभम राजन नामका ती व्यक्तिले सुशान्तको नाममा एक ट्विट गरेका थिए।  उनले लेखेका थिए, ‘मसँग पैसा छैन। तर म केरलबासीकालागि खाना पठाउन चाहन्छु। कृपया बनाउनुस म कसरी दान गर्न सक्छु।’ शुभमको यो ट्विटको जवाफ दिँदै सुशान्तले लेखेका छन्, ‘म तिम्रोे नामबाट एक करोड रुपैयाँ दान गर्छु। र त्यो लक्षित समुदायसम्म पुगोस्। ’

सुशान्त पहिला नै  शाहरुख खान र अमिताभ बच्चनसँग सहयोगका लागि आग्रह गरिसकेका छन्। शाहरुख खानको मीर फाउनण्डेशनले पाढी पीडितकालागि २१ लाख रुपैयाँ दान गरिसकेको छ। अमिताभ बच्चनले ५१ लाख र केही कपडा पठाएका थिए। त्यसबाहेक रणदीप हुड्डा, आलिय भट्ट, इशा गुप्ता, ज्याकलीन फर्नांडिजलगायतले पनि दान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *