कानुन संसोधन गरेर भएपनि बलात्कारीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ : नेता नेपाल

डिसी नेपाल
११ भदौ २०७५ ११:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले महिला हिंसा र बलात्कारका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।

नेपालीपन राष्ट्रिय साप्ताहिकको तेश्रो वार्षिकोत्सवका अबसरमा सोमबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले कमजोर कानुन हुदा महिला हिंसा र बलात्कारका घटनाले प्रश्रय पाईरहेको भन्दै कानुन संसोधन गरेर भएपनि कडा भन्दा कडा कारबाहीको व्यवस्था हुनुपर्ने बताएका हुन । उनले बलात्कारका घटनामा संलग्नहरुलाई मृत्युदण्डकोे छुट दिदा यस्ता घटना दोहरीरहेको भन्दै बलात्कारका घटनामा सहयोग गर्नेलाई पनि कडा कानुनी दायरामा ल्याईनुपर्ने जिकिर गरे ।

फरक प्रसंगमा अहिले सरकारका अंगहरुको कामकारवाही चित्तबुझ्दो नभएको टिप्पणी गरे । अख्तियारको काम प्रति असन्तुष्ट जनाउदै नेता नेपालले मुलुकमा भ्रष्टाचार बढ्दा पनि सम्बन्धीत निकाय मौन रहेको धारणा राखे । त्यस्तै उनले सरकारलाई कर्मचारीतन्त्रले सहयोग नगरेको आरोप लगाए ।

नेता नेपालले रौतहटको गौरमा भएको डुङ्गा दुर्घटनाको घटनाको छानविन गर्दे पिडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समाजप्रति जिम्मेवार भएर समाचार संप्रेषण गर्न सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *