इटालीमा सानदान प्रदर्शन गर्दै नेपाली चेली मिराले जितिन पदक
इटालीमा सम्पन्न मिगु रन स्काई रनर वर्ल्ड सिरिजमा नेपालकी अल्ट्रा धाविका मिरा राईले तेस्रो स्थान हासिल गर्दै पदक जितेकी छिन्।
आइतबार सम्पन्न पाँचौ संस्करणको सिरिज अन्तर्गत ट्रोफी किमा दौडमा मिराले तेस्रो स्थान हासिल गरेकी हुन्।
इटालीको भाल मासिनोमा सम्पन्न दौडमा मिराले ५२ किमीको दुरी ७ घण्टा ४१ मिनेट ४६ सेकेण्डमा पुरा गरेकी थिइन्।
दौडमा प्रथम हुने अमेरिकी खेलाडी हिलारी गेराडी भन्दा उनी चार मिनेटले मात्रै पछि परिन्। दोस्रो भएकी जिम्बाबेकी रोब्यन ओवेनसँग उनी दुई मिनेटले मात्रै चुकेकी थिइन्।
प्रतिक्रिया
Facebook Comment