नेपाललाई दोस्रो सफलता, बसन्त र सन्दीपले लिए विकेट (लाइभ भिडियो)
काठमाडौं । एसीसी एसिया कप छनोटको दोस्रो खेलमा यूएईविरुद्ध नेपालले दुई विकेट हात पारेको छ।
बसन्त रेग्मीले यूएईका क्रिजमा जमिसकेका अस्फाक अहमद ४५ रनमा एलबिडब्लुको सिकार पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
लगत्तै यूएईका लागि नयाँ ब्याट्सम्यान कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याच गराएका थिए। १३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ७१ रन जोडेको छ।
एसिया कपमा छनोट हुन नेपाललाई खेलमा जित्नै पर्ने दबाब छ। एसिया कप छनोट खेलिरहेका ६ देशमध्ये शीर्ष स्थानमा रहने एक देशमात्रै एसिया कपमा छनोट हुनेछ। छनोट भएको टोली समूह ए मा पर्दै भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ।
पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएुसँगै जित्नै पर्ने दबाब आइपरेको हो। यस खेलमा पराजित भएमा नेपालको शीर्ष स्थानमा पर्ने सम्भावना लगभग सकिनेछ।
युएईले पहिलो खेलमा बुधबार नै सिंगापुरलाई २१५ रनको फराकिलो रनले पराजित गरेपछि नेपालमाथि दबाब झनै बढेको हो। अंकसँगै रनरेटका आधारमा पनि यूएई नेपालभन्दा माथि छ।
५० ओभरका खेलमा नेपाल र यूएई अहिलेसम्म १४ खेलमा आमने सामने भएका छन्। जसमा यूएई हावी देखिन्छ। यूएईले १० खेल जित्दा नेपालले तीन खेलमात्रै जित्न सकेको छ भने एक खेलमा बराबरीको नतिजा आएको छ।
https://www.facebook.com/dc.nepal/videos/313782686053245/?hc_ref=ARR1vnD881QRRIyo2S_xfwzKftH7EU0ksuWHTfUfqmzNaeN3ZC837nTAZkq4ZDLbqOY&__xts__[0]=68.ARD1fvDRdSnsfHqDZEU8fwfGBCOfRwXfIdFFobPiOBNBtBDEIUHXdxtGPCwk_sCf56mbYyhdbwtgQRJTl38sGpXNvUKbsMHrubsBnaOzktIXGziAlMW83LeRh56-PvxY8-w7zFQ&__tn__=kCH-R
Facebook Comment