सम्बन्धविच्छेदको २ वर्षमै मलाइकाले गरिन् यस्तो फैसला, सलमानलाई ठूलो झट्का

डिसी नेपाल
१४ भदौ २०७५ १२:५७

मुम्बइ। सलमान खानका भाइ अरबाज खानकी पूर्वपत्नी मलाइका अरोरा पछिल्लो समय निकै चर्चामा छिन् । मलाइकाको यो चर्चाको कारण यदि सही हो भने यसले सलमान खानलाई तनाव हुन सक्ने निश्चित छ । मलाइका अहिले बउिड अभिनेता अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा छिन् । हाले लेक्मे फेबन विकमा यी दुईलाई सँगै देखियो । यो कार्यक्रममा यी दुईको भिडियो सामाजिक संजालमा निकै भाइरल भयो ।

यो भिडियोले खान परिवारमा खल्बली मच्चिएको छ । त्यसो त यी दुईको सम्बन्धको विषयले यसअघि पनि खान परिवारमा ठूलै हंगामा भएको थियो । खान परिवारको लागि सबैभन्दा ठूले झट्का त अब मलाइकाले दिने तयारीमा छिन् । उनले अर्जुनसँगको आफ्नो सम्बनधलाई आधिकारिक बनाउने अर्थात अर्जुनसँग बिहे गर्ने निर्णय गरेको बताइएको छ । मलाइका र अरबाजको २ वर्षअघि सम्बन्धविच्छेद भएको थियो । यो सम्बनधविच्छेदको कारण पनि अर्जुनलाई नै मानिएको थियो ।

अरबाजसँगको सम्बन्धविच्छेदको कारण अर्जुन भएको थाहा पाएपछि त्यतिबेलै सलमान कलाइकासँग धेरै रिसाएको बताइएको छ । अर्जुनसँगको सम्बन्ध त्यतिबेला उनीहरु दुवैले स्वीकार गरेका थिएनन् । हल्ला मात्र चल्दासमेत सलमान अत्यन्तै रिसाएको बताइएको थियो । हल्लामै यति धेरै रिसाएका सलमानलाई मलाइकाको अर्जुनसँग बिहे गर्ने निर्णयले ठूलो झट्का लाग्ने निश्चित छ । अर्कोतर्फ अर्जुनका पिता बोनी कपुर पनि यो सम्बन्धले खुसी छैनन् । सलमानसँग जोरी खोज्दा अर्जुनको करिअर संकटमा पर्न सक्ने भन्दै बोनीले पनि यो सम्बनधमा आपत्ति जनाएका थिए । पिताकै सल्लाहमा उतिबेला अर्जुनले मलाइकासँग सार्वजनिक ठाउँमा भेट्न बन्द गरेका थिए ।

विगत १ वर्षदेखि यी दुई सार्वजनिक ठाउँमा सँगै देखिएका थिएनन् । तर, अब अरबाज खान जर्जिया एन्ड्रियानी नामकी विदेशी युवतीसँग डेट गर्दैछन् । अरबाज र जर्जियाका सँगसँगै भएको तस्वीर छ्याप्छ्याप्ती भइसकेका छन् । यस्तो अवस्थामा मलाइकाले सोचेकी छिन् कि अरबाज अरु कसैसँग सम्बन्धमा छन् भने आफूले पनि नयाँ सम्बन्ध सुरु गर्न कुनै समस्या छैन । मलाइका पनि जर्जियासँग भेटिसकेकी छिन्।

मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । उनको १५ वर्षका छोरा अरहान पनि छन् । एक अन्तरवार्तामा मलाइकाले अर्जुनसँगको सम्बन्धको विषयमा भनेकी थिइन् ‘अर्जुन मेरो धेरै राम्रो साथी हुन् तर मानिसहरु हाम्रो सम्बन्धलाई गलत नाम दिइरहेका छन् जो सही होइन।’

डिसी नेपाल डटकमबाट साभार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *