जब कार्यक्रम लञ्च गर्न गएकी सनी लियोनी १ घण्टा कोठाभित्र थुनिइन्

डिसी नेपाल
१४ भदौ २०७५ १३:१५

मुम्बइ। मुम्बइको एक सपिङ मलमा एउटा कपडाको ब्राण्डको लञ्च गर्नको लागि सनी लियोनी पुगेकी थिइन्। तर उनी त्यहाँ आउनु ठूलो समस्याको कारण बन्यो।

मलमा जब सनी लियोनी प्रवेश गरिन् त्यहाँ भएका मानिसहरुले थाहा पाइहाले र उनीहरु सनीको एक झलकको लागि ओइरिए । सनी आएको खबर आसपासका क्षेत्रमा आगोझैं फैलियो।

भीड यतिसम्म बढेको थियो कि कार्यक्रमपछि उनलाई त्यहाँबाट बाहिर निकाल्नै मुस्किल भयो। भीडलाई हटाउन र सुरक्षाको दृष्टिले स्टोर मालिक र डिजाइनरले स्टोरको शटर भित्रबाट बन्द गरिदिए ताकि भीडलाई लागोस् कि कार्यक्रम सकिइसकेको छ र सनी गइसकेकी छिन्। तर, यसरी शटर बन्द गर्नु निकै भारी पर्यो किनकि यो शटर भित्र र बाहिर दुवै तर्फबाट लक भयो । हतारमा ख्याल नगर्दा इलेक्ट्रोनिक शटर पूरै बन्द भइसकेको थियो।

शटर खोल्न पूरै १ घण्टा लाग्यो । सनीसँग उनका पति डेनियल पनि थिए। पूरै कार्यक्रम सकिएपछि र भीड हटेपछि जब शटर खोल्ने कोसिस गरियो, शटर खोल्न सकिएन । शटर खोल्न नसकेपछि मलका कर्मचारीलाई सूचना दिइयो । हतारमा शटर बन्द गर्दा प्राविधिक खराबी आएको थियो अटोमेटिक शटरलाई हतारमा बन्द गर्दा आएको समस्या ठिक गर्न १ घण्टा लाग्यो । मलका कर्मचारीले त्यहाँ पूरै बिजुली बन्द गरेर शटरलाई रिसेट गरे।

यो सब गर्न करिब १ घण्टा लाग्यो । बिजुली नभएको र बन्द शटरमा गर्मी र अँध्यारोमा सनी र उनका पति स्टोरभित्रै फसे । शटर खुल्नासाथ सनी र डेनियल तुरुन्तै बाहिर निस्के र गाडीमा बसेर गए । सनी आफ्ना बेकाबु फ्यानका कारण समस्यामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी फ्यानका कारण बेलाबेला समस्यामा पर्ने गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *