रहेनन् गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल

डिसी नेपाल
१५ भदौ २०७५ ३:१५

काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको आज विहान १ बजे आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए ।

रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् । रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्र तथा नाटकमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको पाटोसमेत सम्हाले । गायन, निर्देशन, संगीत र अभिनय सबैमा उनी अब्बल् थिए ।

रिमालप्रति श्रदाञ्जली अर्पण गर्न अहिले उनको बानेश्वर हाइटस्थित निवासमा कलाकारहरुको भीड लागेको छ ।

उनको पार्थिव शरीरलाई बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

वि.स. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल बुबा घनश्याम रिमाल र आमा मोहनकुमारी रिमालका ४ छोरा र २ छोरीमध्ये साइँला छोरा थिए । उनको पहिलो बिहे गायिका किशोरीदेवीसँग र दोस्रो कल्याणी पौडेलसँग भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *