कपिलले गर्दैछन् नयाँ शोको दमदार तयारी, यस्तो अवस्थामा समुद्र किनारमा भेटिए

डिसी नेपाल
१५ भदौ २०७५ १४:१६

मुम्बइ। कमेडियद कपिल र्माले टिभीमा कमब्याकको दबदार तयारी गरिरहेका छन् । यसका लागि उनले पछिल्लो समय निकै पसिना बगाइरहेका छन् । कपिलका केही फोटो सार्वजनिक भएका छन् जसमा उनी समुद्र किनार जगिङ गरिरहेका देखिएका छन् । यसअघि कपिलका केही फोटो सार्वजनिक भएका थिए जसमा उनी निकै मोटा देखिएका थिए ।

हालै एक भारतीय दैनिकसँग कुरा गर्दै कपिलले भनेका थिए ‘अहिले नै सबै फाइनल भइसकेको छैन तर म मेरा फ्यानसँग बाचा गर्छु कि म टिभीमा छिट्टै फर्किनेछु । म ‘द कपि शर्मा शो’को नयाँ सिजन लिएर आउनेछु । यसको प्लानिङ अहिे सुरुवाती चरणमै छ यद्यपि म यो शो लिएर आउनेछु ।’ रिपोर्टका अनुसार यो शो अक्टोबरमा आउन सक्छ । अर्कोतर्फ कपिल पंजाबी फिल्म सन अफ मन्जित सिंह पनि निर्माण गर्दैछन् । जसको बारेमा उनले हालै सामाजिक संजालमा लेखेका थिए ।

केही रिपोर्टमा भने कपिल कृष्णा अभिषेक र भारती सिंहसँग मिलेर नयाँ शोमा आउने दावी गरिएको छ । यी तीनैजनालाई पछिल्लो पटक कमेडी सर्कसमा सँगै देखिएको थियो । कपिलको नयाँ शोको फम्र्याट उनका अहिलेसम्मका शोको भन्दा फरक हुने पनि दावी गरिएको छ । पछिल्लो समय कपिलले सुरु गरेको फेमिली टाइम विथ कपिल शर्मा ३ एपिसोडपछि नै बन्द भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *