राज्यले हरेक अंगमा समावेशी भनेपनि भेदभाव उस्तै छ : महन्त ठाकुर

डिसी नेपाल
१६ भदौ २०७५ १२:४१

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले राज्यको कुनै पनि अंग समावेशी हुन नसकेको बताएका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ठाकुरले राज्यले हरेक अंगमा समावेशी गर्ने भनेपनि त्यसो हुन नसकेको बताएका हुन ।

उन्ले मुलुक बहुसास्कृतिक , बहुभाषिय राज्य भएपनि जनताले त्यसको अनुभूति गर्न नसकेको गुनासो गरे । उनले सबै भाषा सस्कृति र जातजातीले समाधान अधिकार पाउनुपर्नेमा जोड दिए ।

मुलुक संघियतामा गएपछि पनि भाषिक र सास्कृतिक भेदभाव नरोकिएको उनको भनाइ छ । उनले आफ्नो भाषा संस्कृतिको रक्षा गर्दे अधिकार प्राप्तीका लागी लडाई जारी राख्नुपर्नेमा पनि जोड दिए ।

त्यस्तै संयोजक ठाकुरले मिथिला संस्कृतिलाई जोगाईराख्नका लागी सबै गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले आफ्नो सस्कृति , भाषालाई बिदेशी सस्कृतिले बिस्थापीत गर्नबाट रोक्नुपर्ने धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *