रणवीर सिंहसँग बिवाहको बिषयमा मुख खोलिन् दिपिकाले

डिसी नेपाल
१६ भदौ २०७५ १३:४६

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादूकोण र अभिनेता रणवीर सिंह पछिल्लो समय आफ्नो विवाहको कारणले चर्चामा छन् ।

विवाहको बारेमा अहिले सम्म यी दुबैले आधिकारिक बयान त गरेका छैनन् । तर, यि जोडीका फ्यानका लागि भने खुशीको कुरा सार्वजनिक भएको छ । दीपिकाले आफ्नो विवाह कसरी र कहिले हुँदैछ भन्ने विषयमा केही राज खोलेकी छन् ।

दीपिकाका अनुसार यी दुईको विवाह आगामी २० नोभेम्बरमा हुनेछ । इटालीको लेक कोमोमा यी दुईले लगन गाँठो कस्ने भएका छन् । आफ्ना नजिकका साथी र आफन्तको उपस्थिती रहने सो वैवाहिक कार्यक्रममा करिब ३० जनाको सहभागिता रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *