सिंगापुरविरुद्ध नेपाल बलियो: फराकिलो अन्तरले जिते एसिया कपमा छनोट हुने सम्भावना
काठमाडौँ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत चौथो खेलमा नेपालले केहीबेरमा(पाैने अाठ बजे) सिंगापुरको सामना गर्नेछ।
सिंगापुरविरुद्ध बलियो रुपमा प्रस्तुत हुँदै आएको नेपालले आजसम्म भएका सम्पूर्ण एकदिवसीय खेलहरु आफ्नो पक्षमा पारेको छ।
तीन खेलमा एक जित निकालेको नेपालले चौथो स्थानमा छ। फराकिलो जित निकालेमा नेपाल दोस्रो स्थानमा उक्लिने सम्भावना छ। अन्तिम खेल खेलिसक्दा रनरेटका आधारमा पनि अन्य टोलीलाई पराजित गर्दै शीर्ष दुईमा रहन सक्यो भने नेपाल फाइनल खेल्नेछ र फाइनल जिते एसिया कप खेल्न पाउनेछ।
जारी एसिया कपको शीर्षमा रहने टोली भदौ अन्तिममा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूह एमा पर्नेछ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजय भोगेपछि संकटमा परेको थियो। तर, शनिबार आयोजक मलेसियालाई पराजित गरेपछि नेपालको छनोट हुने सम्भावना कायमै छ।
कमजोर मानिएको सिंगापुरले जारी प्रतियोगितामा कुनैपनि खेल जित्न सकेको छैन्। पुछारमा रहेको सिंगापुरविरुद्ध नेपाल अहिलेसम्म हेड टू हेडमा पनि सबै खेल जितेको छ।
नेपाल भर्सेस सिंगापुर (हेड टु हेड)
सन् २००८ (एसीसी एलिट ट्रफी): नेपाल ६ विकेटले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन(५): नेपाल १६ रनले विजयी
सन् २०१० (एसीसी एलिट ट्रफी): नेपाल २१ रनले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन(४): नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन(३ ): नेपाल १९० रनले विजयी
डिसी नेपालबाट साभार
सिंगापुरविरुद्ध नेपाल बलियो: फराकिलो अन्तरले जिते एसिया कपमा छनोट हुने सम्भावना
Facebook Comment