सिंगापुरविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए अर्को विकेट
मलेसियामा जारी एसिसी एशिया कप छनोटको चौथो खेलमा सिंगापुरविरुद्ध नेपालले सुरुवातमै तेस्रो सफलता हात पारेको छ।
टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै सफलता दिलाएका थिए। पहिलो ओभरको तेस्रो बलमा उनले ओपनर अर्जुन मुत्रिजालाई खाता नै खोल्न नदिइ बोल्ड पारेका हुन्।
यस्तै ललित राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाए हुन्। उनले अरित्रिया दत्तलाई विकेट किपर सुवास खकुरेलको हातबाट क्याच गराएका थिए।
पुनः सोमपालले नै नेपाललाई तेस्रो सफलता दिलाएका छन्। उनले अर्का ओपन रोहन रंगाराजनलाई बोल्ड पारेका छन्।
५ ओभरको समाप्तिमा सिंगापुरले १८ रन जोड्दै ३ विकेट गुमाएको छ।
तीन खेलमा एक जित निकालेर पाँचौं स्थानमा रहेको नेपालले यसखेलमा फराकिलो जित निकाल्न सकेको खण्डमा एशिया कपमा छनोट हुने सम्भावना जिवित राख्नेछ।
जारी एसिया कपको शीर्षमा रहने टोली भदौ अन्तिममा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूह एमा पर्नेछ। ६ टोली सम्मेलित प्रतियोगितामा ओमान शीर्षमा, यूएई दोस्रोमा र हङकङ तेस्रोमा र मलेसिया चौथोमा रहेका छन्।
Facebook Comment