बंगलादेशी क्रिकेटरमाथि प्रतिबन्ध, फ्यानलाई धम्की दिएको आरोप
एजेन्सी । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सामाजिक सञ्जालमा फ्यानलाई धम्कि दिएको आरोपमा दोषी ठहर गर्दै स्टार क्रिकेटर सब्बीर रहमानलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ ।
बीसीबीको प्रतिबन्धका कारण सब्बीर अब ६ महिनासम्म घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने भएका छन् । बीसीबीको अनुशासन समितिले सब्बीरको बयानपछि यस्तो फैसला गरेको अन्तर्राट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सब्बीरमाथि यसअघि पनि विभिन्न आरोप लागेकाले प्रतिबन्धको कडा सजाय गरिएको हो । यसअघि बीसीबीले सब्बीरलाई विभिन्न समयमा चेतावनी पनि दिएको थियो ।
सब्बीरले बंगलादेशका लागि ११ टेस्ट, ५४ एकदिवसीय र ४१ टि ट्वान्टी क्रिकेट खेलेका छन् ।
सब्बीरले भारतीय टेनिस खेलाडी तथगा पाकिस्तानी क्रिकेटर सोएब मलिक की श्रीमती सानिया मिर्जालाई जिस्काएको आरोप लागेको थियो । मिर्जा आफ्ना पतिसँगै बंगलादेशमा रहेको समयमा सब्बीरले यस्तो गरेको सोएबले आफै खुलासा गरेका थिए ।
सब्बीरले २०१७ मा एक खेलका क्रममा फ्यानलाई कुटेको आरोपसमेत लागेको थियो ।
Facebook Comment