कालो हरिण शिकार मुद्दामा अदालतले सलमानलाई दियो ठूलो राहत

डिसी नेपाल
२१ भदौ २०७५ ६:२५

राजस्थान। बहुचर्चित कांकाणी कालो हरिण शिकार मुद्दामा बलिउड सुपरस्टार सलमान खानलाई अदातले ठूलो राहत दिएको छ । जिल्ला तथा सेसन न्यायालय जोधपुरले सलमानलाई सुनुवाइको क्रममा यसअघि लगाइएको विदेश जान प्रतिबन्ध हटाएको छ । यसअघि सलमान अदालतको बिना अनुमति विदेश जान पाउँदैनथे । अब भने उनले विदेश जानको लागि अदालतमा निवेदन दिइरहनु पर्नेछैन ।

सलमानका वकिलले अदालतमा निवेदन दिँदै उनी अभिनेता भएको र सुटिङको सिलसिलामा विदे गइरहनुपर्ने भएकोले हरेक पटक विदेश जाँदा अदालतको स्वीकृतिको लागि निवेदन दिइरहनु भन्दा स्थायी अनुमति दिइयोस् भनी अनुरोध गरेका थिए ।

जिल्ला तथा सेसन न्यायाधीश चन्द्रकुमार सोनगराले निवेदन स्वीकार गर्दै विदेश जान स्थायी अनुमति दिएका हुन् । अदालतले सलमानलाई आफ्नो यात्राको विस्तृत व्यहोरा अदालतमा पेश गर्न निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *