संजय दत्तको काखमा बसेकी बालिका अहिले भईन् यतिसम्म हट, इमरान हाशमीसँग बलिउड डेब्यू गर्दै (१० फोटो)

डिसी नेपाल
२१ भदौ २०७५ ११:३६

मुम्बइ। संजय दत्तको एउटा पुरानो फोटो सार्वजनिक भएको छ । फोटोमा उनको काखमा एक बालिका छिन् । यी बालिकालाई अहिले चिन्न निकै मुस्किल छ किनकि अहिले उनी यतिसम्म हट भइसकेकी छिन् कि बलिउडका सिरियल किसर इमरान हाशमीसँग बलिउड डेब्यू गर्दैछिन् । यो फोटो १९९४ मा आएको फिल्म ‘जमाने से क्या डरना’को सुटिङको हो ।

यी बालिकाको नाम माल्भिका राज हो र उनी निर्देशक बबी राजकी छोरी हुन् । फिल्म ‘जमाने से क्या डरना’का निर्देशक बबी राज नै थिए र फिल्मको सुटिङका क्रममा माल्भिका पितासँगै सेटमा गएकी थिइन् । सुटिङको क्रममा खाली समयमा संजयले उनलाई ककाखमा लिएर फोटो खिचाएका थिए । यो त्यही फोटो हो । अहिले माल्भिका २४ वर्षकी भइसकेकी छिन् । उनले शाहरुख खानको फिल्म ‘कभी खुशी कभी गम’मा करिना कपुर खानको बाल्यकालको भूमिका पनि गरिसकेकी छिन् ।

माल्भिका हिरोइन अनिता राजकी भतिजी पनि हुन् । १८ सेप्टेम्बर १९९३ मा जन्मिएकी माल्भिकाले २०१७ मा निर्देशक जयन्त सी परंजीको तेलुगु फिल्म ‘जयदेव’बाट हिरोइनको रुपमा डेब्यू गरेकी हुन् । यो फिल्ममा उनको अपोजिट रोलमा आन्ध्र प्रदेशका मन्त्री गंता श्रीनिवास रावका छोरा गंता रवि थिए । माल्भिकाले छिट्टै बलिउड डेब्यू गर्दैछिन् । उनी इमरान हाशमीको फिल्म ‘क्याप्टेन नबाब’मा इमरानको अपोजिट देखिनेछिन् ।

 




प्रतिक्रिया

One thought on “संजय दत्तको काखमा बसेकी बालिका अहिले भईन् यतिसम्म हट, इमरान हाशमीसँग बलिउड डेब्यू गर्दै (१० फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *