रणबीर र आलिया भेट्न भारतीय राष्ट्रपति ‘ब्रह्मास्त्र’को सेटमा
अभिनेता रणबीर सिंह र आलिया भट्ट हाल फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनमा व्यस्त छन् । बुल्गारियामा चलिरहेको यस फिल्मको छायांकन स्थलमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले कलाकारद्वय रणबीर र आलियासँग भेट गरेका छन् ।
भारतीय राष्ट्रपति कोविन्द हाल युरोप भ्रमणमा छन् । बुधबार उनी बुल्हारियाको राजधानी सोफिया पुगेका थिए । उनकी पत्नि सविता कोविन्द र राष्ट्रपति कोविन्दका साथमा बुल्हारियाका राष्ट्रपति रूमेन देवको पनि उपस्थिति रहेको थियो ।
फिल्म ‘ब्रह्मास्त्र’मा रणबीर र आलियाबाहेक अमिताभ बच्चन, नागार्जुुन र मौनी रोयले मुख्य भूमिका निभाएका छन् भने फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment