साफ च्याम्पियनसिप : निर्णायक खेल आज, कस्तो छ समिकरण ?
ढाका । दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको टुंग्गो लाग्ने निर्णायक खेल शनिबार हुँदैछन्।
समूह ए मा रहेका चारवटै टोलीहरुमो सेमिफाइनलमा पुग्ने सम्भावना छ। पौने चारबजे हुने पहिलो खेलमा भुटान र पाकिस्तान भिडेपछि कसलाई कुन समिकरणको खाँचो भन्ने टुंगो लाग्नेछ।
आफ्नो आवश्यकता अनुसार खेल्ने दुई टोलीहरु आजै सेमिफाइनलमा पुग्नेछन् भने खराब नतिजा निकाल्ने टोलीहरु प्रतियोगिताबाट बाहिरिनेछन्।
पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ। भुटानसँग पाकिस्तान पराजित भएको खन्डमा नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउनेछन्।
बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ। अंकतालिकामा लगातार दुई खेल जितेको बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा भएकाले उसको सम्भावना बलियो छ।
यता, समान ३–३ अंकका साथ नेपाल दोस्रो स्थानमा छ भने पाकिस्तान गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ। भुटान भने सुरुवाती दुबै खेल हारेपछि बिना अंक पुछारमा छ।
नेपालले घरेलु टोली बंगलादेशसँग पौने सात बजे बंगबन्धु स्टेडियममा खेल्नेछ। नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो।
भुटानविरुद्धको दोस्रो खेलमा भने नेपालले ४–० को सहज जित निकाल्यो। त्यही खेललाई निरन्तरता दिने सके बंगलादेशमाथि जित सम्भव भएको नेपाली सहायक प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्।
‘हामीलाई बंगलादेशविरुद्धको खेल निकै महतवपूर्ण छ। त्यो भन्दापनि भुटान र पाकिस्तानविरुद्धको खेल झनै महत्त्वको छ। पहिलो खेलको नतिजाका आधारमा हामी घरेलु टोलीविरुद्ध रणनीति बनाउनेछौ‘, प्रशिक्षक श्रेष्ठले प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘पहिलो खेलमा पाकिस्तान भुटानसँग पराजित भए नेपालले त्यही अनुसार खेल्नेछ। पाकिस्तान विजयी भएको खन्डमा हामी त्यही अनुसारको रणनीति बनाउनेछौं।’
Propecia Finasteride Risks Comment Prendre Le Viagra priligy prix Viagra Rezeptfrei Per Uberweisung Trusted Kamagra Uk Cheap Soft Viagra