नेपाली फुटबल टोली आज स्वदेश फर्किदै
काठमाडौं। साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपालको राष्ट्रिय फुटबल टिम आज (बिहीबार) स्वदेश फर्किदैछ ।
साफको १२ औ संस्करणमा सहभागिता जनाएको नेपाली टोली पौने १२ बजे त्रिभुवन विमानस्थल आर्लिने समयतालिका रहेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल फाइनल खेल अगावै स्वदेश फर्कन लागेको हो ।
समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको नेपालले सेमिफाईनलमा माल्दिभ्ससँग ३–० को हार ब्यहोरेको थियो ।
समूह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकाल्दै सेमिफाइनल पुगेको थियो ।
प्रतिक्रिया
Facebook Comment