महिला साफ च्याम्पियनशिपमा नेपाल समूह ‘ए’मा

डिसी नेपाल
२९ भदौ २०७५ ६:३६

काठमाडौँ। आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा छन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *