आश्चर्यजनक खुलासाः सलमानको खराब बानीसँग डराएर ‘भारत’ छोडेकी थिइन् प्रियंकाले
मुम्बइ। प्रियंका चोपडाले सलमान खानसँग गर्ने भनिएको फिल्म भारत छोडेको डेढ महिना भइसकेको छ । तर, यसको कारणका विषयमा अनुमान गर्ने सिलसिला भने चलिरहेको छ ।
अब यो विषयमा नयाँ कुरा खुलेको छ । रिपोर्टका अनुसार प्रियंकाले यो प्रोजेक्ट सलमान खानकै कारण छोडेकी थिइन् । पछिल्लो समय सलमान हरेक काममा ढिलासुस्ती गर्छन् र प्रियंका सलमानको यही बानीसँग डराएकी थिइन् । प्रियंकालाई डर थियो कि भारतमा काम सुरु गरिसकेपछि सलमानको ढिलासुस्तीका कारण फिल्म तोकिएको समयमा सुटिङ पूरा नभएमा उनका हलिउड प्रोजेक्टलाई नोक्सानी हुन सक्छ।
प्रियंकालाई अरु हिरोइनभन्दा पहिले भारतको लागि साइन गरिएको थियो । त्यसपछि दिशा पटानी र तब्बु पनि स्टारकास्टमा जोडिए । जब यी दुई हिरोइन फिल्ममा थपिए त्यसपछि नै प्रियंकाको मन फेरिएको थियो । उनलाई लागिरहेको थियो कि दिशा र तब्बुका कारण उनले स्क्रिनमा कम स्थान पाउनेछिन्।
दिशा र तब्बु फिल्ममा जोडिनासाथ प्रियंकाले फिल्म छोड्ने मन बनाइसकेकी थिइन् । यही बीचमा उनलाई थाहा भयो कि सलमान सेटमा ढिलो गरेर आउँछन् र कैयौं पटक उनको ढिलाइका कारण तोकिएको सुटिङ हुनै पाउँदैन । प्रियंका हलिउडको अनुशासित र प्रोफेशनल वातावरणमा काम गरिसकेकी थिइन् । यस्तोमा सलमानको ढिलासुस्ती गर्ने बानी उनलाई मन परेन र उनी फिल्मबाट बाहिरिइन् ।
Facebook Comment