‘ए मेरो हजुर ३’मा सलोनपछि अर्पण थापा अनुबन्धित

डिसी नेपाल
३१ भदौ २०७५ ७:२०

काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’मा कलाकारहरु थपिने क्रम जारी छ ।

अभिनेता अनमोल केसी जोडिएसँगै चर्चामा रहेको यो चलचित्रले एकपछि अर्को कलाकार थपेको छ । शुक्रबार मात्रै अभिनेता सलोन बस्नेत चलचित्रका लागि पक्का भएका थिए । त्यसको भोलिपल्टै चलचित्रमा अन्य दुई कलाकारको आगमन भएको हो।

चलचित्रका लागि अभिनेताद्वय अर्पण थापा र रबिन्द्र झासँग सम्झौता भएको निर्देशक झरना थापाले जानकारी दिईन् । अब लभस्टोरी ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत, अर्पण थापा र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ।

केही दिन अगाडि पोखरामा मुहूर्त भएको चलचित्रको कलाकार फाइनल भएसँगै असोज ५ गतेबाट छायांकनमा जाने भएको छ। सुनिल कुमार थापाको निर्माणमा बन्ने चलचित्रको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । यस चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् ।

यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । जुन चलचित्रमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *