सलमानको खिल्ली उड्यो ! कारण बन्यो ‘बिगबोस–१२’ को पहिलो एपिसोडमा लगाएको ज्याकेटका

डिसी नेपाल
१ असोज २०७५ १०:२२

एजेन्सी। चर्चित रियालिटि शो “बिगबोस-१२” को पहिलो एपिसोड सलमान खानले शनिबार शुटिङ गरे । शोको पहिलो एपिसोडमा उनले रिभर आइल्याण्डको फ्लोरल बम्बर ज्याकेट लगाएका थिए । सो ज्याकेटका कारण अहिले सलमान खानको खिल्ली उडिरहेको छ । यो कम्पनीको वेबसाइटमा यो ज्याकेटको मूल्य ७० पाउण्ड अर्थात ६५९७ भारु उल्लेख छ । खास कुरा त के भने सलमानले जुन ज्याकेट लगाए त्यो ज्याकेट कम्पनीको वेबसाइटमा राखिएका अन्य ज्याकेटको तुलनामा अति नै सस्तो छ । ठूलो कमाइ भएका सलमानले यति सस्तो ज्याकेट लगाउँदा उनको ज्याकेटको खिल्ली उडाइएको छ ।

रिपोर्टका अनुसार सलमानले बिगबोसको यो सिजनमा प्रतिएपिसोड १४ करोड रुपैयाँ लिएका छन् । सलमानले बिगबोसको एक एपिसोडकै पारिश्रमिकले यस्ता २१ हजार २२१ ज्याकेट किन्न सक्छन् । सलमान बिगबोस ९औं पटक होस्ट गर्दैछन् । बिगबोसको पहिलो सिजन अरशद वारसीले होस्ट गरेका थिए र यो शो पहिलोपटक सोनी टिभीमा प्रसारण भएको थियो । दोस्रो सिजनदेखि अहिलेसम्म बिगबोसको सर्वाधिकार कलर्स टिभीसँग छ । दोस्रो सिजन शिल्पा शेट्टी र तेस्रो सिजन अमिताभ बच्चनले होस्ट गरेका थिए । चौथो सिजनदेखि लगातार सलमान खानले यो शो चलाउँदै आएका छन् । पाँचौं सिजनमा सलमानसँगै संजय दत्त पनि होस्ट थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *