एसिया कप : पाकिस्तानलाई ध्वस्त बनाउँदै भारतीय बलर

डिसी नेपाल
३ असोज २०७५ १२:४७

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सबैभन्दा हाइभोल्टेज खेल भारत र पाकिस्तानबीच भइरहेको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानलाई भारतीय बलरले टप अर्डर ध्वस्त बनाएका छन्।

भारतीय पेसर भुवनेश्वर कुमारले दुबै ओपनर फरक जमान र इमामुल हकलाई सस्तैमा पेवेलियन पठाएका छन् । पाकिस्तनको स्कोर बोर्डमा ३ रन हुँदा उसका दुवै ओपनर आउट भइसेकेका थिए ।

सुरुआती झट्का बेहोरेको पाकिस्तान त्यसपछि भने सम्हालिएर खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले ७ ओभरमा २ विकेट गुमाएर २० रन बनाएको छ । सोयब मलिक र बाबर आजम मैदानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *