रोनाल्डोलाई रातो कार्ड, रुदैँ मैदान छाडे
एजेन्सी । आशु झारिरहेका क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिदैँ मैदानबाट बाहिर पठाइएको खेलमा यूभेन्ट्सले भेलेन्सियामाथि जित हात पारेको छ।
च्याम्पियन्स लिगको समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा यूभेन्ट्सले भेलेन्सियालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
भेलेन्सियाका डिफेन्डर जोइसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले सहायक रेफ्रिको सल्लाहमा रोनाल्डोलाई सिधैँ रातो कार्ड देखाएका थिए।
रेडकार्ड पाएपछि रोनाल्डो आफूले उठाउने प्रयास मात्रै गरेको भन्दै आशु झार्दै असन्तुष्टि व्यक्त गरेका थिए।
२९ औं मिनेटमा रोनाल्डोले रातो कार्ड पाएपछि १० जनामा सीमित भएको यूभेन्ट्सलाई पेनाल्टी एरियाबाट मिरालेम पीजानिकको गोलबाट सुरुवाती अग्रता लिएको थियो भने दोस्रो हाफमा उनले नै दोस्रंो गोल गर्दै यूभेन्ट्सलाई २–० को जित दिलाएका थिए।
अब यूभेन्ट्सले सिरिएमा आइतबार फोसिनोनको सामना गर्नेछ भने भेलेन्सियाले ला लिगामा सोही दिन भिल्लारियलको सामना गर्नेछ।
Facebook Comment