सलमान खानको विवादित चलचित्र लवरात्री भयो लवयात्री
काठमाण्डौ । सलमान खानको प्रोडक्सन हाउसबाट बनेको चलचित्र “लवरात्रि” सलमान खानका ज्वाई आयुष शर्मा डेब्यू गर्दै छन् । यस फिल्मको नाम बिवादका कारण बदलिएर लवयात्री बनाईएको छ । यस खबरको जानकारी खुद सलमान खानले ट्विटरबाट दिएका हुन् ।
विश्व हिन्दू परिषदले फिल्मको विरोध गरेपछि नाम बदलिएको हो । संगठनले फिल्मको नाम हिन्दु धर्मको भावनाम ठेस पुगेको वन्दै बिहारमा फिल्मको टाइटलको बिरुद्व केश फाइल गरेका थिए । हिन्दुहरुको महान पर्व नवरात्रीको नाम बिगारेर लवरात्री राखेको भन्दै फिल्मको नाम बदल्न माग गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment