अपराधी दुई तिहाई सरकार भन्दा बलिया, देशभर नागरिक असुरक्षा

डिसी नेपाल
१० असोज २०७५ १४:३२

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले शक्तिशाली सरकार भए पनि देशभर नागरिक असुरक्षामा बस्नुपरेको र राज्यको उपस्थिति देख्न नपाइएकामा सरकारको आलोचना गरिन।

कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन।

सांसद देवकोटाले सरकारले जनअपेक्षालाई सम्बोधन गर्न नसकेकामा गुनासो गर्दै नागरिकलाई राज्यको अनुभूति गराउन माग गरिन । यस्तै सांसद कमलाकुमारी ओलीले चाडबाडको समयमा चिनीको मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिन।

सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भए पनि व्यावहारिक रूपमा त्यस्तो नभएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताए। सांसद उदया शर्मा पौडेलले प्राकृतिक उपचार प्रणालीको विकास र विस्तारमा जोड दिन माग गरिन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *