तनुश्रीको आरोपपछि नानाले दिए कडा प्रतिक्रिया
एजेन्सी । बलिउडका सिनियर एक्टर नाना पाटेकरमाथि तनुश्री दत्ताले शूटिंगका क्रममा हातपात र अभद्र व्यवहार गरेको आरोप लगाएपछि बलिउडमा हंगामा भएको छ।
तनुश्रीले एक १० वर्ष पुरानो घटनाबारेमा खुलासा गर्दै भनेकी थिइन्, ‘नाना पाटेकर जबरजस्ती मेरो नजिक आउन चाहन्थे । उनी शूटिंगकका क्रममा गीतको अंग थिएनन् तर, उनले मसँग इन्टिमेट हुने प्रयास गरे ।’
नानाले आफूमाथि लागेको संगीन आरोपबारे पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले एक टिभी च्यानलसँग कुरा गर्दै यो विषयमा बोलेका हुन् । उनले भनेका छन्, ‘उनको सेक्सुयल ह्यारेसमेन्टसँग के मतलब हो ? त्यहाँ ५० देखि १०० मानिस सेटमा मसँग थिए । म हेर्छु कानुनी रुपमा के गर्न सकिन्छ ।’
तनुश्रीले नानामाथि लगाएको आरोपबारे सलमान खानले भने अनभिज्ञता प्रकट गरेका छन् । उनले भने, ‘मलाई यो विषयमा केही जानकारी छैन । हामी हेर्छौ के भएको रहेछ । यस विषयमा मलाई साँच्चै केही थाहा छैन । कुन विषयमा कुरा गरिरहनु भएको छ ।’
तनुश्रीे भनेकी छन्, ‘यस्तो विषयमा कसैको इमेजमा जानु हुँदैन । कोही बाहिर राम्रो अभिनेता हुनसक्छ । तर, व्यक्तिगत चरित्र कस्तो हो निर्णय गर्न सकिँदैन । गुरमीत रामरहीम र तमाम बाबाहरुको पूजा हुन्थ्यो । उनीहरु भगवान मानिन्थे । तर हेर्नुहोस पछि के वास्ताविकता पर्दाफास भयो ।’
तनुश्रीले नानामाथि आरोप लगाएपछि कोरियोग्राफर गणेश आचार्य नानाको समर्थनमा उभिएका छन् । आचार्य सो फिल्मसँग सम्बन्धित थिए । तनुश्रीले आचार्यको भनाईको खण्डन गर्दै उनी दोभासे र झुटो भएको बताएकी छन्।
Facebook Comment