एउटा गीत जसले नेपाली समाजलाई धुरुधुरु रुवायो (भिडियो)

डिसी नेपाल
१४ असोज २०७५ १३:३०

‘दियो दियो दियो, दैवले यो कस्तो पीडा दियो
घरको हजुर एक्लो छोरा, कठै दैव तेरो होरा’

यी शब्द समाजका लागि नौंला भने होइनन्। तर गीत मार्फत यी श्लोकहरु प्रस्तुत भएका भने नयाँ नै हुन्। नेपाली समाजले पछिल्लो समयमा यस्ता घटनाहरु दिनानुदिन भोग्दै आइरहेको छ।

सबैभन्दा आर्थिक अवस्थाले पिरोलिएका परिवारलाई चौतर्फी पीडाले झेल्दै गर्दा केही परिवारमा यस्तो अवस्था सृजना हुन आउँछ। कुनै दैबीय प्रकोप, घटना, दुर्घटनामा पर्दा र नेपाली समाजमा हुने समस्यालाई गीत मार्फत नै युवा गायक लोकेन्द्र खत्रीले प्रस्तुत गरे।

अछाम मेल्लेख ६ षोडशाका लोक दोहोरी गायक खत्रीको ‘कालो दिन’ बोलको गीतले हिन्दुहरुको महान् चाड वडादशैं तथा शुभ दीपावली भन्दा अगावै सबैलाई रुवाएको छ। कतिपय पुराना घाउलाई बल्झाएको छ त कतिपयलाई पछिल्लो हुनसक्ने अवस्थालाई तर्साएको छ।

गायक खत्रीको कलिलो उमेरकै रुचि गीत संगीत क्षेत्रकै हो। उनी बाल्यकालै गीतहरु गुनगुनाउदै आएका थिए। उनले कलिलै उमेरमा ०६२÷०६३ साल मै गीतहरु गाउन थाले। उनले आफ्नै लय, शब्द, स्वर, अभिनय, निर्देशनमा पहिलो लोक दोहोरी गीतको रुपमा ‘मायामा कस्को भा छ जीत’ बोलको गीत बजारमा आएपछि उनलाई कलाकारितामा स्थापित हुन मद्दत पुग्यो।

हालसम्म २ दर्जन भन्दा बढी आफ्नै लय, शब्द, स्वर, अभिनय, निर्देशन सबै आफैंले गर्दै आएका खत्री पछिल्लो समय निकै लोकप्रिय बन्दै आएका छन्। उनको २ दर्जन मध्ये सबैभन्दा बजारमा भाइरल भएको ‘चालु रैछे यार’ बोलको डिजे गीतले उनलाई हेर्नेको नजर नै बदली दियो।

केही दिन अगाडि बजारमा आएको ‘कालो दिन’ एकल गीतले लाखौं दर्शकलाई रुवाएको छ। स्वरमा असाध्यै मिठास भएकी गायिका शान्तिश्री परियारको एकल आवाज रहेको गीतको एरेन्ज रकेश ओलीको रहेको छ।

लय, शब्द, निर्देशन भने लोकेन्द्र खत्रीकै छ। त्यस्तै ‘कालो बादल’ म्युजिक भिडियोको छायांकन उदय सिं बोहराले गरेका छन्। प्रबिन रेश्मी मगरको सम्पादनमा बजारमा आएको उक्त गीत रेकर्ड तरङ्ग रेकडिङ्ग स्टुडियोमा गरिएको हो। अभिनय पनि लोकेन्द्र खत्री, आरती थापाकै रहेको छ।

उक्त म्युजिक भिडियोको सह–निर्देशन दिनेश ठकुल्लाले गरेका छन्। म्युजिक भिडियोको अभिनयमा पनि खत्रीकै परिवारका सदस्यहरु रहेका छन्।

(हेर्नुहोस् भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *