यु १९ एसिया कप : नेपालले दियो अफगानिस्तानलाई १३२ रनको लक्ष्य
काठमाडौं । वंगलादेशमा जारी यु १९ एसिया कप प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल अफगानिस्तानसँग खेलिरहेको छ। टस जिते पहिला ब्याटिंग गरेको नेपालले अफगानिस्तानलाई १३२ रनको झिनो लक्ष्य दिएको छ।
सिनियर टिममा जस्तै यूवा टिममा पनि नेपालको समस्या ओपनिंगमा देखियो। नेपालको स्कोर बोर्डमा ६ रन हुँदा नेपालले पहिलो विकेटका रुपमा रवी शाहलाई गुमाएको थियो। यसपछि पनि नेपालले लगातार विकेट गुमायो। नेपालका लागि जम्मा ४ जना खेलाडीलेमात्र दोहोरो अंकमा स्कोर बनाएका छन्।
नेपालका लागि रोहिक कुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। यस्तै राशिद खानले २९, कप्तान आसिफ शेखले २० र ओपन रित गौतमले १० रन बनाएका थिए। अन्यले राम्रो ब्याटिंग गर्न सकेनन्। नेपालका ३ जना खेलाडी शून्यमा आउट भएका थिए। सन्दिप जोरा, पवन सर्राफ र सूर्य तामांगले रनको खाता खोल्न सकेनन्। नेपाल ३८.३ ओभरमा १३१ रनमा अलआउट भयो।
जवाफी ब्याटिंगका लागि अफगानिस्तान केही बेरमा मैदानमा आउनेछ। नेपालले पहिलो खेल भारतसँग विशाल अन्तरले गुमाइसकेको छ। यो खेल नजितेमा नेपालका लागि दोस्रो चरणको यात्रा सकिनेछ।
Facebook Comment