एसिया कप क्रिकेट : अफगास्तिानसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल
काठमाडौं । नेपाल वंगलादेशमा जारी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणमा लगातार दुई हार बेहोरेको नेपालले सेमिफाइनलमा स्थान बनाउन सकेन ।
सिनियर टोली एसिया कपका लागि छनोटसमेत हुन नसकेको अवस्थामा यूवा क्रिकेटरले कुनै चमात्कार गर्ने अपेक्षा गरिएको थियो । तर, सिनियरको जस्तै जुनियर जुटको अवस्था पनि निकै नाजुक रह्यो । बंगलादेशमा कुनै पनि नेपाली खेलाडीले सम्झन लायक खेल देखाउन सकेनन् ।
सोमबार अफगास्तिान र नेपालबीच भएको खेलमा अफगानिस्तान ३ विकेटले विजयी भएसँगै सेमिफाइनलमा पुग्े नेपालको सपनामा तुसारापात भएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले १३२ रनको झिनो लक्ष्य दिएको थियो । अफगानिस्ताले सो लक्ष्य ३७ ओभरमा ७ विकेट गुमाएर प्राप्त गर्यो ।
नेपाल पनि ३८.२ ओभरमा १३१ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि ब्याटिंगतर्फ रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिएका थिए । यस्तै राशिद खानले ३० रन बनाएका थिए । अन्य खेलाडीले राम्रो खेल्न सकेका थिएनन् । नेपालका ४ जा खेलाडी शून्यमा आउट भएका थिए ।
यस्तै बलिंगतर्फ नेपालका सूर्य तामांगले ४ विकेट लिए पनि नेपालको हार जोगाउन सकेनन् । राशिद खानले पनि एक विकेट लिएका थिए ।
नेपालले समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।
यसअघि पहिलो खेलमा नेपाल भारतसँग पराजि भएको थियो । ४ टिम नेपाल, भारत, अफगानिस्तान र यूएई रहेको समूह ए बाट भारत र अफगानिस्तानले एक एक खेल बाँकी रहँदै दुई दुई खेल जितेर सेमिफाइलको यात्रा पक्का गरिसकेका छन् । सो समूहबाट नेपालसँगै यूएई पनि बाहिरिएको छ ।
Facebook Comment