सरकारलाई असफल हुने छुट छैन – नारायणकाजी

डिसी नेपाल
१५ असोज २०७५ १३:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको अन्तरविरोधलाई छलफल मार्फत नै समाधान गर्नुपर्ने बताएका छन् ।

चिनिया अक्टोवर क्रान्तिका सन्दर्भमा सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा नेता श्रेष्ठले राजनीति उपलव्धी हुदाँ हुदैपनि पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन अहिलेको चूनौति रहेको भन्दै यसलाई छलफलबाटै समाधान गर्नुपर्ने बताएका हुन ।

पार्टीभित्रको अन्तरविरोध र बिचलन सहतमा आउदा राजनीति उपलव्धी अनुसार गर्नुपर्नेकाम पनि हुन नसक्ने उनको भनाई छ । त्यस्तै उहाले बिभिन्न संघर्षबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न पनि एक भएर अघि बढ्नुको बिकल्प नभएको तर्क गरे ।

नेता श्रेष्ठले पार्टीभित्र देखिएको भ्रष्टाचारलाई पनि अन्त्य गर्नुपर्ने भन्दै गुट र उपगुट तथा आफुलाई सहयोग गरेकै कारण भ्रष्टाचारलाई छुट दिन नहुने धारणा राखे ।

उनले पार्टीभित्र भ्रष्टचारबिरोधी आन्दोलन सास्कृतिक रुपान्तरणको आन्दोलनको जरुरी रहेको धारणा राखे । श्रेष्ठले नेकपालाई जनताले बिश्वास गरेर सरकारमा पठाएको भन्दै सरकारलाई असफल हुने छुट नरहेको स्पष्ट पारे ।

त्यस्तै नेता श्रेष्ठले चीनले नेपालमा उदाहरणीय योगदान गरेको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । नेपाल र चीनबिचको सम्बन्ध असाधारण महत्वको रहेको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *