बंगबन्धु गोल्डकप : पहिलो खेलमै नेपाल ताजकिस्तानसँग पराजित
बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा साबिक विजेता नेपाल पराजित भएको छ । बंगलादेशको सिल्हेट सहरस्थित डिस्ट्रिक रंगशालमा आज भएको खेलमा नेपाल ताजकिस्तानसँग पहिलो खेलमै २–० ले पराजित भएको हो ।
पहिलो खेलमै नेपाल पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ ।
खराब सुरुआत गरेको नेपालले खेलको २७औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल खाएको थियो । त्यसपछि नेपालले खेलको ६९औं मिनेटमा दोस्रो खाएपछि हारतर्फ अघि बढेको थियो ।
बाँकी समयमा नेपालले कुनै गोल फकार्उन नसकेपछि ताजकिस्तानले खेल २–० ले जित्यो । ताजकिस्तानका लागि पहिलो गोल पाक्सुलोइभ र दोसो गोल तुर्सुनोभले गरेका थिए ।
नेपालले अब शनिबार प्यालेस्टाइनसँग खेल्दैछ । प्यालेस्टाइन फिफा वरीयतामा नेपालभन्दा ६० स्थान माथि रहेको टोली हो । जसलाई यसपटक उपाधि दाबेदार टोली मानिएको छ ।
नेपाल परेको समूह ‘ए’मा अन्य टोली प्यालेस्टाइन र ताजकिस्तान रहेका छन । यस समूहबाट शीर्ष दुई टोली अन्तिम चारमा पुग्छन् ।
Facebook Comment