अभिनेता ऋषि कपुरलाई क्यान्सर !

डिसी नेपाल
१८ असोज २०७५ ९:४२

एजेन्सी । आफ्नी आमाको अन्तिम संस्कारमा समेत उपस्थित हुन नसकेका बलिउड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको अनुमान गरिएको छ । हाल उनी उपचारका लागि अमेरिकामा छन् । उनका साथमा श्रीमती नितु कपुर र  छोरा रणविर कपुर पनि छन् ।

अमेरिकामा उपचारमा रहेकाले उनीहरु आमा कृष्णाराजको अन्तिम संस्कारमा उपस्थित हुन नसेका हुन् । समाचारअनुसार ऋषिलाई क्यान्सर भए नभएको पुष्टि भने भएको छैन । तर अमेरिकाको न्यूर्योकस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ जहाँ सोनाली बेन्द्रेको क्यान्सरको उपचार भइरहेको छ ।

यसैबीच ऋषि कपुरका दाई रणधिर कपुरले ऋषिको उपचारबारे अनुमान लगाउने बेला नभएको बताएका छन् । उनले अस्पतालबाट रोगबारे रिपोर्टन नआएकाले कुनै अनुमान गर्नु गलत हुने बताएका छन् ।

उनले भनेका छन्, ‘यो सयम हाम्रा लागि निकै दुखदायी समय हो, भर्खरमात्र आमा गुमाएका छौं , अब ऋषिका बारेमा यस्तो हल्ला हुनु पक्कै पनि राम्रो होइन ।’

ऋषि कपुरलाई थर्ड स्टेजको क्यान्सर भएको हल्ला फैलिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *