बलिउड अभिनेत्री प्रियांका चोपडा अनलाईन डेटिंगमा

डिसी नेपाल
१८ असोज २०७५ १४:०३

एजेन्सी । इन्टरनेट र हुकअप कल्चरको यो जमानामा बलिउड अभिनेत्री प्रियांका चोपडाले पनि अनलाईन डेटिंगको दुनियाँमा प्रवेश गरेकी छन्। नाई, उनी कसैलाई डेट गरिरहेकी भने छैनन्। उनी त एक डेटिंग वेब साईटमा लागनी गरेर मालिक बनेकी हुन्।

प्रियांकाले ‘बम्बल’ नामको सामाजिक तगा डेटिंग एप्लिकेशनमा लगानी गरेकी छन्। बम्बलले यो साईटसँग प्रियांका आवद्ध भएको पुष्टि गर्दै उनी कम्पनीमा पार्टनर, एडभाइजर र लगानीकर्ताका रुपमा जोडिएको बम्बलले जनाएको छ। बम्बल एक लोकेशनमा आधारित एप्स हो। आगामी दिनमा यसले भारतमा पनि आफ्नो सेवा शुरु गर्ने बताइएको छ।

यस एप्समा मानिसहरु रोमान्स र प्रेमका लागि पार्टनर खोजीमात्र हुँदैन साथी पनि बनाउन सकिन्छ। बम्बल समलिंगीहरुलाई पनि साथी र पार्टनर खोज्ने सुविधा दिन्छ। बम्बलको खास विशेषता के हो भने यहाँ महिला वा युवतिमात्र कुराकानीको शुरुआत गर्न सक्छन्। प्रियांकाले भनिन्, ‘मैले सँधै के कुरामा विश्वास गर्छु भने महिलाहरुले लगानी यस्तो क्षेत्रमा गर्नुपर्छ जहाँ सामाजिक र आर्थिक परिर्तनको साँचो होस्।’

उनले भनिन् ‘महिला प्रेम पनि चाहन्छन्, मित्रता पनि चाहन्छन्। र करिअर पनि चाहन्छन्। बम्बलको विशेषता यही हो। यसमा सबै चिज पाइन्छ।’ प्रियांकाकी म्यानेजर अन्जुला पनि बम्बलकी एडभाइजर हुन्। बम्बल लोकप्रिय डेटिंग एप टिंडरको राइभल कम्पनी हो। टिंडर भारतीय युवाहरुमा निकै चर्चित छ।

बम्बलले भारतमा सेवा दिनुभन्दा पहिला महिलाको सूरक्षाका लागि विशेष फिचर बनाउने प्रयासमा रहेको जनाएको छ। यसमा तस्वीरहरुको भेरिफिकेशन र ४०० भन्दा धेरै मानिसको एक टीमबाट प्रोफाइल मोडरेट गरिने विशेषता समावेश छ। भारतमा डेटिंग एप्सको बजार बढिरहेको छ। र यस्ता तमाम कम्पनीहरु मानिसलाई लोभ्याउने प्रतिस्पर्धामा छन्।

प्रियांका चोपडाले बलिउडमा त नाम कमाइसकेकी छन्। हलिउडमा पनि उनको पहिचान छ। उनी अमेरिकन रियलिटी टिभी शो क्वांटिको र फिल्म बेभोचुमा पनि देखिएकी थिइन्। प्रियांका र अमेरिकी गायक तथा अभिनेता निक जोनासबीच मगनी भएपछि त प्रियांकाको चर्चा झनै चुलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *