बंगबन्धु गोल्डकप : पहिलो हाफ गोलरहित बराबरीमा

डिसी नेपाल
२० असोज २०७५ १३:३६

काठमाडौं । साबिकको विजेता नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा अहिले बलियो टोली प्यालेस्टाइनसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलको पहिलो हाफमा दुबै टिमबाट गोल हुन सकेन। पहिलो हाफमा नेपालले विपक्षीको गोल पोस्टमा आक्रमणसमेत गर्न सकेन भने प्यालेस्टाइनले दुई वटा आक्रमण गरेको थियो।

प्यालेस्टाइनका खेलाडीको हाइट नेपालीभन्दा बढि भएकाले उनीहरुलाई त्यसको एडभान्टेज देखिएको छ। लामो पासमा नेपाललाई समस्या भइरहेको छ। यस्तै प्यालेस्टाइनको रक्षा पंक्ति निकै बलियो देखिएको छ । नेपाली खेलाडीले गोलको मौकासमेत बनाउन सकेका छैननन्।

पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा छ। मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २–० ले पराजित भएको थियो।

सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ।

समूह ए मा रहेको नेपालले अंक जोड्न सकेको छैन । यता, प्यालेस्टाइन र ताजकिस्तानले ३३ अंक जोडेका छन् । प्यालेस्टाइनविरुद्ध जित निकाले नेपालको पनि ३ अंक हुनेछ । यस्तोमा गोल अन्तरले अघिल्लो चरण पुग्ने दुई टोलीको तय हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *