तनुश्री-नाना विवाद बारे प्रिती जिन्टाले गरिन यस्तो खुलासा

डिसी नेपाल
२० असोज २०७५ १५:२५

एजेन्सी । प्रीति जिन्टाले एक टेलिभज कार्यक्रमा सहभागि हुँदै विभिन्न विषयमा आफ्नो धारणा राखिन्। उनले तनुश्री नाना विवाद, क्रिकेट, अन्डरवल्र्ड र आफ्नो फिल्मी करिअरबारे मुख खोलिन्।

तनुश्री नाना विवादबारे उनले भनिन्, ‘यस्तो भारतमात्र हुँदैन, पुरै दुनियामा हुन्छ। सबैभन्दा पहिला इन्ड्रट्रीमा यस्तो हुन्छ भन्ने कुरा स्वीकार गर्नु पर्छ।’ उनले अगाडी थपिनन्, ‘यसलाई स्वीकार गनुपर्ने आवश्यकता छ। दोस्रो कुरा तपाईसँग भन्नलाई राम्रो कुरा छैन भने चुप लाग्दा राम्रो हुन्छ। यस्तो समस्या महिलामाथिमात्र हुँदैन पुरुषहरुमाथि पनि हुन्छ।’

प्रीतिले कास्टिंग काउचबारे महिला पनि जिम्मेवार हुनुपर्ने बताइन् । उनले भनिन्, ‘यदि कसैले राती दुई बजेर फोन गरेर बोलायो र तिम्रो लागि भूमिका छ भने बुझ्नु पर्यो नि । के तपाईँ मुर्ख हुनुहुन्छ र । तपाईँले पनि दिमाग लगाउनु परो ।’

फिल्ममा कहिल्यै कास्टिंग काउच भयो भन्ने प्रश्नमा प्रीतिले त्यस्तो नभएको जवाफ दिइन्। उनले भनिन्, ‘मसँग यस्तो भएन, यदि भएको भए म पिटिदिन्थेँ। म भाग्यमानी हुँ मैले यस्तो भोग्नु परेन।’

आईपीएल क्लव पञ्जाल एलेभुन किंग्सकी मालिकसमेत रहेकी प्रीतिले क्रिकेटमा सट्टेवाजीलाई वैधानिकता दिनुपर्ने बताइन् । उनले यसबाट सरकारलाई राजश्व पनि उठ्ने उनको तर्क छ ।

उनले बीसीसीआईले पनि यस्तो सुझाव दिएको बताइन् । उनले सबै मान्छेलाई डिडेक्टर लगाएर जाँच्न सकिने भएकाले यसलाई वैधानिकता दिनु नै राम्रो भएको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *