‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग’ क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणमा १२ टोली प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
२१ असोज २०७५ ०:३५

काठमाडौं । ‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग’को विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

शनिबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघिय इकाई प्रहरी कार्यालयको मैदानमा आगामी कार्तिक २७ देखि विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण हुने भएको हो।

प्रतियोगिताको विजेताको पुरस्कार राशी रकम दोस्रो संस्करणको भन्दा दोब्बर बढाइने आयोजकले जानकारी दिएको छ।

संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले भने, ‘यस संस्करणको विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी दिने तयारी गरेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *