सिधै फैसला ! न छानवीन, न कुनै सुनुवाई
एजेन्सी। न प्रहरीको छानवीन न अदालतमा वहश। सिधै फैसला आयो। तनुश्री दत्ता दोषी हुन्। यो फैसला जनअदालतको हो। अर्थात सामाजिक संजालको अदालतको हो। तनुश्री दत्तासँग नाना पाटेकरले यदि गलत नै गरेका थिए भने उनी सिधै प्रहरीकोमा जानुपथ्र्यो भन्ने तर्क यतिबेला सामाजिक संजालमा उठेको छ। अब तनुश्रीले प्रहरीमा पनि उजुरी दिएकी छन्। यो उजुरीमा उनले फिल्क शुटिङका क्रममा नाना पाटेकरले आफूलाई गलत तरिकाले छोएका थिए।
तर, सामाजिक संजाल प्रयोगकर्तालाई यसले केही फरक परेको छैन। किनभने उनीहरुलाई के लाग्छ भने तनुश्रीको चरित्र पहिला नै ठिक थिएन।
सामाजिक संजालमा उठाएका प्रश्न यस्ता छन्।
तनुश्रीलाई त्यतिबेला गरिएको दुव्र्यवहार आज किन याद आयोरु नौ वर्षसम्म चुप लागेर बस्ने अनि आज चर्चाकालागि यस्तो गर्नेरु अहिले तनुश्रीसँग कुनै काम छैन, यसै कारण नानालाई लुट्ने योजना बनाइरहेकी छन् आदि।
तर, विना कुनै छानवीन, बिना अदालतको फैसला यसरी एउटी महिलामागि आरोप लगाउनु कत्तिको उचित होरु अभिनेत्री अनुष्का शर्माले पनि तनुश्रीको बचाउ गर्दै भनेकी छन्–एक समाजका रुपमा यो हाम्रा लागि खतरनाक हुनसक्छ। यदि कसैले आफूमाथि भएको अन्याय विरुद्ध खुलेर बोलिरहेको छ भने हामीले उसको कुरा सुन्ने धैर्यता राख्नुपर्छ। र उनको उसको इजजत पनि गर्नुपर्छ। यो किन पनि आवश्यक छ भने यसले महिला विरुद्ध हुने यौन हिंसा विरुद्ध आवाज उठाउने हिम्मत प्राप्त हुन्छ। हामीले यस्तो माहोल बनाउनुपर्छ जहाँ महिलाले आफूमाथि हुने अन्यायका विरुद्ध आवाज उठाउन सकून्।’
अनुष्काले एक अन्तर्वाताका क्रममा भनेकी छन्–यस्तो विषयमा ढिलो किन आवाज उठाएको भनेर प्रश्न गर्नु गलत हो। यदि न्याय पाइएको छैन भने अवाज जहिले पनि उठाउन सकिन्छ।’
उत्सव र चेतन भवतमाथिको खुलासा तनुश्रीले बोलेपछि नै भएको हो। तनुश्रीले हिम्मत देखाएपछि अन्य कयौं पीडित महिला आफ्नो कुरा राख्न सक्ने भएका छन्। नाना पकटेकर दोषी छन् वा छैनन् यसको छानवीन हुनुपर्छ। तर तनुश्रीले धेरै युवतीलाई बाटो देखाएकी छन्।
Facebook Comment