आइसिसी विश्व टी–२० छनोट : अनुमान लगाउनेले पाए १५० डलर पुरस्कार

डिसी नेपाल
२४ असोज २०७५ ०:५४

काठमाडौँ । आइसिसी विश्व टी–२० छनोट प्रतियोगितामा भुटानलाई ११७ रनले हराउँदै नेपाल विजयी भएको छ।

मंगलबार मलेसियाको क्रिकेट रंगशालामा भएको भुटानविरुद्धको उक्त खेलमा नेपालका ललित राजवंसी र सन्दीप लामिछानेले ३/३ विकेट झार्न सफल भए। यता मंगलबार भएको नेपाल र भूटानबीचको खेलमा ललित राजवंसी चम्किँदा सही उत्तर अनुमान लगाएर एक दर्शकले १५० डलर पुरस्कार हात पारेका छन्।

मलेसियामा जारी आइसिसी विश्व टी–२० छनोट प्रतियोगिताको डिसी नेपाल डटकमले फेसबुक मार्फत लाईभ दिँदै आएको छ भने उक्त शो लाई जिन ट्राभल्स डटकमले प्रायोजन गरेको छ।

मंगलबार नेपाल र भूटानबीच जारी क्रिकेट प्रतियोगितामा ललित राजवंसीले कति विकेट लिनेछन् भनि सोधिएको प्रश्नमा काठमाडौँका विजय पन्थीले सहि अनुमान लगाएर १५० डलर पुरस्कार पाउन सफल भएका हुन्। उनले खेल चलिरहँदा नै प्रश्नको जवाफमा ३ विकेटको जवाफ पठाएका थिए।

विजयी प्रतियोगीलाई डिसी नेपालको तर्फबाट बुधबार उक्त पुरस्कार वितरण गरिने छ। यो १५० डलरको पुरस्कार जिन ट्राभल्स डटकमले प्रायोजन गरेको हो। नेपाल र अमेरिकामा कार्यालय रहेको जिन ट्राभल्स (www.zentravels.com) बाट विश्वभरको यात्राका लागि सस्तो र सुलभ मूल्यमा प्लेन टिकट लिन सकिन्छ।

यस अघि नेपाल र म्यानमारबीच भएको खेलमा सही अनुमान लगाएर कुमार प्रदिपले १०० डलरको क्यास पुरस्कार हात पारिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *