दीपाले पोखिन् फिल्म क्षेत्रबाट साथ नपाउँदाको दुखेसो (भिडियो)
काठमाडौं । नेपाली चलचित्र छक्का पन्जा ३ शुक्रबार देखि प्रदर्शनमा आएको छ। चलचित्र छक्का पन्जालाई दीपा श्री निरौला र दीपक राज गिरिले निर्माण गरेका हुन्। चलचित्रले बम्पर ओपनिङ्ग गरेको छ।
दीपक राज गिरि आफूहरुले चलचित्रको कमाइ भन्दा पनि दर्शकको सन्तुष्टीमा ध्यान दिएको बताउँछन् । छक्का पन्जा र छक्का पन्जा २ भन्दा पनि अझ बढी राम्रो प्रतिक्रिया आएको बताउंदै उनीहरु थप उत्साहित भएका छन्। दीपकका अनुसार, चलचित्र रिलिज नहुँदै फेसबुकमा छक्का पन्जा ४ नबनाउन भनेर कमेन्ट आइरहेका थिए।
तर अहिले छक्का पन्जा ३ हेरिसकेपछि दर्शकले छक्का चार कहिले बनाउने भनेर सोधिरहेका छन्। दर्शकको यस किसिमको प्रतिक्रिया नै आफूहरुको कमाइ र सफलता भएको दीपक दीपा बताउँछन्। चलचित्र निर्माण र रिलिज सम्म आइपुग्दा फिल्म क्षेत्रबाट असहयोग र खुट्टा तान्ने प्रवृत्ति सम्झिदा भने दीपालाई दुख लाग्छ।
छक्का पन्जा र छक्का पन्जा २ मा चलचित्रले महिला पात्रलाई कमजोर देखाएको, महिलाहरुको अपमान गरेको जस्ता आरोप दीपक दीपा माथी आएका थिए। त्यो आरोपलाई मध्येनजर गर्दै उनीहरुले यसपाली महिला पात्रलाई बलियो भूमिकामा उभ्याएका छन्। यसको साथै शिक्षामा भएको राजनीतिको विषय उठान गरिएकोले चलचित्र समाज परिवर्तनको लागि सहयोगी हुन सक्ने दर्शकले प्रतिक्रिया दिएका छन्।
Facebook Comment