साजिद खानमाथि यौन शोषणको आरोप, अक्षयले बिचमै रोके ‘हाउसफूल-४’
काठमाण्डौ । यौन शोषणको असर बलिउडमा अभिनेतादेखि लिएर निर्माता एवं निर्देशकसम्म परेको छ । यसै चपेटामा निर्देशक साजिद खान पनि फसेका छन् । जसका कारण साजिदको आउँदै गरेको फिल्म ‘हाउसफूल ४’ स्थकित भएको छ ।
एक दिनअघि अभिनेत्री सलोनी चोपडाले निर्देशक साजिद खानमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । सलोनीले साजिद मात्र नभएर ‘क्वीन’ का निर्देशक विकास बहलको पनि नाम लिएकी थिइन् । यसै कारण साजिदले ‘हाउसफूलबाट हात झिकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै कारण पछि अभिनेता अक्षयले ‘हाउसफुल-४’ फिल्मको सुटिङ रोक्ने निर्णय लिएका छन् । एकट्वीटमा अक्षयले लेखेका छन्, ‘म गतराति मात्र बाहिरबाट आएँ । तर, यहाँ समस्या आएको रहेछ । म हाउसफूल ३’का प्रोड्युसरहरुसँग यस समस्याको हल ननिस्केसम्म सुटिङ रोकिदिनुहुन आग्रह गर्दछु । यो यस्तो घटनामा कारबाही हुनैपर्छ । म त्यस्तो दोषीसँग काम गर्न चाहान्न । जो यस घटनाबाट पीडित भएका छन् उनीहरुलाई न्याय मिल्नैपर्छ ।’
यसअघि तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । र, नाना पनि पहिलो पटक ‘हाउसफूल’को सिरिजमा जोडिन लागेका थिए । यसैक्रममा साजिद खानमाथि आरोप लागेपछि उनले निर्माता साजिद नाडियावाला र अक्षयलाई भेटेर आफूले हाउसफूल ४ छोड्ने बताएका थिए ।
Facebook Comment