नेपाल आइसिसी महिला टी-२० क्रिकेटको बरियतामा
काठमाडौँ । नेपाल आइसिसी महिला टी-२० क्रिकेटको बरियतामा समावेश भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो। ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ।
नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ। नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी-२० एशिया छनोट खेलेको थियो।
बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ। अष्ट्रेलियाले २८० अङ्क पाएको छ। यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन्।
Facebook Comment