सेक्सुअल ह्यारस्मेन्ट आरोप : नाना पाटेकरको नार्को टेस्ट गर्न तनुश्रीका वकिलको माग

डिसी नेपाल
२८ असोज २०७५ १४:०७

एजेन्सी । सेक्सुअल ह्यारस्मेन्टको आरोप लागेपछि संकटमा फसेका नाना पाटेकर थप संकटमा फस्ने देखिएको छ । उनीमाथि सेक्सुअल ह्यारेसमेन्ट लगाउने बलिउड अभिनेत्री तनुश्री दत्ताक वकिलले नानाको नार्को टेस्ट हुनुपर्ने माग गरेका हुन् ।

मुम्बईको ओशिभारा प्रहरी चौकीमा तनुश्रीका वकिलले नानाको नार्को टेस्ट गर्न माग गर्दै निवेदन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अपराधीले साँचो वा झुटो बोलेको विश्लेषण गर्न नार्को टेस्ट गर्ने गरिन्छ । यसबाट अपराधीलाई कारबाही गर्न सहयोग पुग्ने भएपछि प्रहरीले यो प्रविधिको प्रयोग गर्दै आएको छ ।

नानाका साथै तनुश्रीले आरोप लगाएका अन्य ३ जना सामी सिद्दकी, गणेश आचार्य र राकेश सारंगमाथि पनि नार्को टेस्ट र्गुपर्ने माग गरिएको छ । सन् २००९ मा आएको फिल्म हर्न प्लीज शूटिंका क्रममा नानाले तनुश्रीमाथि सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप लागेको छ। अन्य तीन जना सोही फिल्मका क्रु मेम्बर हुन् ।

हलिउडबाट शुरु भएको मी टू अभियानले हाल बलिउडमा भूकम्प नै ल्याएको छ । मी टू अभियानअनुसार बलिउडमा अभिनेत्रीहरुले आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टका घटना सार्वजनिक गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *