नेपालमै पहिलो पटक रातमा क्रिकेट खेल, (भिडियो सहित)
सदरमुकाम इनरुवामा नाइट टि २० क्रिकेट खेल संचालन भैरहेको छ । यो नेपालमै पहिलो पटक भएको आयोजकले जनाएको छ । इनरुवा नगरपालिका सहित जिल्लाका स्थानीय तहहरुसंग सहकार्य गरेर फुलबारी क्रिकेट क्लब इनरुवाले नाइट टि २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । फुलबारी क्लब इनरुवाका अध्यक्ष शिव यादवका अनुसार प्रतियोगितामा १० वटा टोलिको सहभागिता रहेको छ ।
खेल आगामी ८ गतेसम्म संचालन हुनेछ । नक आउट आधार संचालन भएको प्रतियोगिताको उपाधी विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले ७५ हजार सहित सिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् ।
हरेक दिनको खेल साँझ ६ बजेदेखि सुरु भैरहेको छ । प्रतियोगिताको उद्घाटन एक भव्य कार्यक्रमका बीच जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले संयुक्त रूपमा गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment