‘छक्का पञ्जा ३’लाई ‘जय भोले’को टक्कर

डिसी नेपाल
३० असोज २०७५ ११:२८

काठमाडौं । प्रतिक्षित नेपाली चलचित्र ‘जय भोले’ मंगलबारबाट प्रदर्शनमा आएको छ । हरेक हप्ता नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि फूलपातीलाई लक्षित गरि मंगलबार प्रदर्शनमा आएको हो ।

यसअघि नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ पनि घटस्थापनालाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आएको थियो । ‘छक्का पञ्जा ३’ ले राम्रो व्यापार गरिरहेका बेला ‘जय भोले’ले त्यसलाई चुनौती दिएको छ ।

चलचित्रले देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सद्वारा राजधानीमा सञ्चालित आफ्ना ५ वटा हलबाट चलचित्रलालाई प्रदर्शनको पहिलो दिन कुल २४ सोज उपलब्ध गराएको छ ।

यसै चलचित्रमार्फत बाह्र वर्षपछि भेट्रान निर्देशक अशोक शर्मा निर्देशनमा फर्किएका छन् ।

एक पछि अर्को चलचित्र हिट दिएका अभिनेता खगेन्द्र लामिछानेले चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा प्रमुख भूमिकामा पनि खगेन्द्र नै छन् । चलचित्रमा युवा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई समेटिएको छ ।

चलचित्रमा कलाकारको लवज पूर्वेली छ । चलचित्रमा स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

रिलिज अघि चलचित्रको ‘उम्लियो भने पोखिन्छ’ गीतले बजार पिटेको छ । चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *